बैशाख २१, २०८१, शुक्रबार
               

अनावश्यक हल्लाले पूँजीबजार अस्थिर

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

धितोपत्र बजारको नीतिको कारणले मात्रै शेयर बजारमा कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने विज्ञहरुले बताएका छन् ।

पूँजीबजार विकास तथा विस्तारका सम्भावना एवं आगामी चुनौतिका विषयमा छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले धितोपत्रका नीतिका कारण कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने बताएका हुन् । विश्लेषक अनलराज भट्टराईले पछिल्लो समय धितोपत्रका नीतिका कारण लगानीकर्ताले गुमाएको भन्दै विरोध हुने गरेको उल्लेख गर्दै त्यसको असर कारोबारमा नपर्ने बताए। उनले सबै लगानीकर्तासँग शेयर बजारसम्बन्धी ज्ञान बराबर नहुने उल्लेख गर्दै पछिल्लो समय बजारमा वास्तविक तथ्यले भन्दा हल्लाले बढी काम गरेको बताए।

त्यस्तै लगानीकर्ताहरूले पनि बजारमा अन्योल र अस्थिरताको अवस्था रहेको बताएका छन् । बजारमा वास्तविक विषयमा जानकारी नहुने तर हल्लाले बढी काम गर्ने भएकाले लगानीकर्ता स्थिर हुन नसकेको बताएका छन् । बैंकर विनोद पन्तले बैंकहरुले संस्थापक शेयर र साधारण शेयरमा ६५ प्रतिशत कर्जा दिन पाउने भएपनि सबै बैंकले पालना नगरेको बताए । उनले कतिपय बैंकले साधारण शेयरमा कर्जा दिने संस्थापकमा सजिलै नदिने कुनैले सस्थापकमा सजिलै दिने र साधारणमा नदिने प्रवृतिले गर्दा पनि बजारमा प्रयाप्त तरलता नहुँदा बजार अस्थिर जस्तो देखिएको बताए ।

नेपाल धितोपत्र वोर्डका निर्देशक नारायणप्रसाद शर्माले शेयर बजारको सुधारका लागि वोर्डले विभिन्न नीतिहरुको निर्माणमा तिब्रता दिएको बताए । तरपनि बजारको क्षमता विकास, प्रविधिको प्रयोग, दोस्रो बजारको पहुँचको वृद्धि, वित्तीय साक्षरता वस्तु विनिमय बजारलाई प्रवेश गराई नियमन गर्नुपर्ने लगायतका चुनौति रहेको उनले बताए ।

निर्देशक शर्माले वोर्डको प्राथमिकतामा अहिले पनि संस्थागत क्षमतामा अभिवृद्धि गर्ने र धितोपत्र सम्बन्धी कानूनहरुमा सुधार गर्दै जाने र बजारको पहुँच बढाउँदै लगानीकर्ताको संख्या वृद्धि गर्दै जाने विषहरु रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि