मंसिर ०७, २०८१, शुक्रबार
               

त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी, उडान सेवा प्रभावित

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार साँझ आगलागी भएको छ । आगलागीका कारण उडान सेवा प्रभावित समेत भएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले राससलाई जानकारी दिए । आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उनले बताए ।

विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ ।

विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।


कस्तो लाग्यो ?

यो पनि