काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।
शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको छ ।