मंसिर ०७, २०८१, शुक्रबार
               

कुखुराको मासुको मूल्य बढ्यो

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

पोखरा । पोखरामा कुखुराको मासुको मूल्य वृद्धि भएको छ ।

बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल अहिलेसम्मकै बढी मूल्य तोकेर आम उपभोक्तहरुसँग चर्को मूल्य असुलेका हुन् ।

देशका अन्य शहर भन्दा महङ्गोमा कुखुराको मासु बिक्री हुँदै आएको पोखरामा हिजोआज दैनिक जसो ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४ सय ६० मा बिक्री हुँदै आएको छ ।

यसअघि पोखरामा प्रतिकेजी ४ सय ४० रुपैयाँसम्म पुगेको ब्रोइलरको मासुको मूल्य हिजोआज बजारमा मासु अभाव भएसँगै मूल्य बृद्धि भएको मासु व्यावसयी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले बताए ।

पोखरामा अझै कुखुराको मासु सहज हुन करिब १० दिन लाग्ने उनले जनाए । १८ दिनसम्म ह्याचरीले कुखुराका चल्ला वितरण नगरेकोले हाल बजारमा कुखुराको मासु अभाव भएसँगै मूल्यमा समेत वृद्धि भएको उनले जनाए । 

आगामी फागुनको दोश्रो सातादेखि मूल्यमा केही कमी आउने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि