बैशाख २७, २०८१, बिहीबार
               

आनीको शङ्कास्पद १९ करोड, छानबिन रोक्न दबाब !

नेपाल फ्ल्यास
असोज ०५, २०७६

ADVERTISEMENT

गायिका आनी छोइङ डोल्माको बैङ्क खातामा रहेको १९ करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको छ।

उनको मेगा बैङ्कमा रहेको ००१००५००३९४२४ नम्बरको खातामा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो।

२६ गते पाँच लाख ७९ हजार नौ सय ८०, २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकी डलर आएको थियो।

सो रकम शङ्कास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागीय पत्राचार गरेको थियो।

गायिका डोल्माले विभिन्न सामाजिक कामका लागि आफूलाई विदेशबाट डलर प्राप्त भएको बताए पनि स्रोत खुलाउन सकेकी छैनन्।

विगतमा पनि आनीको खातामा त्यसै गरी पटक पटक विदेशबाट ठुलो परिणाममा पैसा आएको विभागको अनुसन्धानबाट खुलेको छ।

त्यसरी आएको पैसा उनले संस्थामै खर्च गरेको देखिन्छ।  यस पटक एकैपटक धेरै आएपछि छानबिन थालिएको हो। तर, छानबिन नसकिँदै अनावश्यक दबाब आएको विभागका कर्मचारीहरूले बताएको नयाँ पत्रिका दैनिकले लेखेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीनिकट व्यक्तिहरूले नै उनको पैसा रोक्का फुकाउन दबाब दिइरहेका छन्।

अघिल्लो वर्ष २ साउनमा प्रसारित टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’को पहिलो अङ्कमा स्टुडियोमै उपस्थित भएर गायिका आनीले तईन विस्थापनका लागि भन्दै प्रधानमन्त्रीसामु एक करोड सहयोग गर्ने घोषणा गरेकी थिइन्।


कस्तो लाग्यो ?

यो पनि