बैशाख २७, २०८१, बिहीबार
               

पानीजहाज कार्यालयको हालत कन्तविजोग, हावाको सपना!

नेपाल फ्ल्यास
असोज ०१, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओलीले पटक पटक आफ्नो सपनाको रुपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ ।

तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का ईन्जिनियर पनि सरुवा गरिएका छ ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार, गत २ फागुनमा प्रधानमन्त्रीले तामझामकासाथ उद्घाटन गरेको पानीजहाज कार्यालय हाँक्न तीन ईन्जिनियर नियुक्त गरिएका थिए ।

उनीहरुको सहयोगका लागि थप १३ दरबन्दी राखेर कर्मचारी खटाइएका थिए ।

प्रमुखको रुपमा नियुक्त मेकानिकल ईन्जिनियर ऋषिराज कोइरालाले ३२ साउनमा अनिवार्य अवकाश लिएपछि नयाँ नेतृत्व नियुक्त गरिएको छैन ।

बरु शाखा अधिकृत तहका अर्का इन्जिनियर सन्दीपा राईलाई पनि उर्जा मन्त्रालयमा सरुवा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि