बैशाख २७, २०८१, बिहीबार
               

नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्‌घाटन आज

नेपाल फ्ल्यास
भदौ २४, २०७६

ADVERTISEMENT

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्दैछन् । यो दक्षिण एशियाको पहिलो क्रस बोर्डर पाइपलाइन हो ।
    
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो निवासमा स्वीच थिची पाइपलाइनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम छ ।

उक्त उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पोरेशनको मोतिहारी डिपोबाट प्रत्यक्ष हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।
     
उद्घाटन लगत्तै बरौनी डिपोबाट डिजेल आउने छ । २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन बनेको हो । 

२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको शिलान्यास गरेका थिए ।

पटनाबाट अमलेखगञ्जसम्म डिजेल आइपुग्न करिब १८ घण्टा लाग्ने परीक्षणमा देखिएको छ । 

७० किलोमिटर लामो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर छ । पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने छ । 
    
नेपाल आयल निगमको अमलेगन्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । 

पाइपलाइन सञ्चालनमा आएपछि वार्षिक दुई अर्ब रुपैयाँ खर्च कम हुने अनुमान छ । यसबाट चुहावटमा समेत बचत हुने छ ।


कस्तो लाग्यो ?

यो पनि