बैशाख २७, २०८१, बिहीबार
               

अर्थतन्त्रबारे विदेशी संस्थाहरुमा भ्रम छरियो : अर्थमन्त्री

नेपाल फ्ल्यास
भदौ २२, २०७६

ADVERTISEMENT

मुलुक चरम आर्थिक संकटमा छ । तर सरकार यो यथार्थ मान्न तयार छैन ।

विकसित मुलुकमा भए अर्थतन्त्र संकटमा रहेको भन्दै हातेमालोको प्रयास हुन्थ्यो । तर नेपालमा त्यस्तो हुँदैन ।

समृद्ध मुलुकमा अर्थतन्त्रमा नकारात्मक सूचक देखिए । विपक्षीहरुसँग सरकारले सहकार्य र हातेमालो गर्ने थियो । नेपालको हकमा भने त्यस्तो कहिल्यै हुँदैन ।

हुन्छ के भने ? आरोप प्रत्यारोप । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

उनले अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक भएको दाबीसमेत गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिकोत्सवमा उनेले भने- ‘सरकारका तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थाहरुमा रिपोर्टिङ भइरहेको छ । यसबाट भ्रम छर्नेहरूको सक्रियता बुझ्न सकिन्छ ।’

अर्थमन्त्रीले हल्ला गर्नेहरुको पीठो बिकेको र सरकारको चामल पनि नबिकेको जस्तो अवस्था आएको बताए ।


कस्तो लाग्यो ?

यो पनि