जेठ ०६, २०८१, आइतबार
               

आजैदेखि नमस्कार !

ADVERTISEMENT

गएको फागु पूर्णिमाको दिनको कुरा हो, संस्कृतिविद् प्राध्यापक डा. रमेश ढुङ्गेललाई अन्तर्वार्ताको लागि बोलाएको थिएँ । अन्तर्वार्ताको सन्दर्भ थियो– ‘होली पर्व, यसका सांस्कृतिक महत्त्व र मनाउने शैली’। टेलिभिजन कार्यालयको गेटबाट उहाँभित्र छिर्नासाथ मैले अभिवादन  गर्दै भनेँ, ‘गुड मर्निङ सर’ । यत्ति भन्दै हात मिलाउने इसाराले दायाँ हात उहाँतर्फ तेर्‍स्याएँ । तर उहाँले मलाई आफ्नो हात ‘ह्याण्डसेकको लागि दिनुभएन । 

‘मेरो शिष्टतामा केही कमजोरी भएकाले उहाँ रिसाउनुभएको पो कि’ भन्ने लागेर मलाई चिसो पस्नै लागेको थियो । उहाँले मलाई प्रत्युत्तरमा दुवै हातलाई आफ्नो छाति अगाडि उठाउनुभयो । शिष्टतापूर्वक हात जोडेर मुस्कुराउँदै भन्नुभयो– ‘नमस्कार श्याम भाइ । ’

मेरो कुरा भुईँमा खस्न नपाउँदै उहाँले संक्षेपमा भन्नुभयो –‘हात जोड्दा अरूप्रति सम्मान पनि हुन्छ, र आफैँलाई लाभ पनि ।’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका संस्कृतिविद् उहाँले विविध संस्कार, पहिचान, भाषा भएको हाम्रो समाजमा अभिवादनका विभिन्न तरिकाहरू ‘नमस्ते’, ‘नमस्कार’ जुन भने पनि मिल्ने बताए ।

आहा ! अलिकति शिर झुकाएर, प्रेम र सद्भावको मीठो अभिवादन थियो त्यो । दुवै हात जोडिएको । शानदार त्यो अभिवादन शैली मलाई बडो गजब लाग्यो । खडेरीमा एउटा कुवा भेटेको अनुभूति भयो । हाँस्दै उहाँले भन्नुभयो –‘अभिवादनको रूपमा म धेरैजसो नमस्कार नै गर्नै गर्छु ।’ 

'नमस्कार' हाम्रो मौलिक संस्कृति हो भन्ने सामान्य ज्ञान त मलाई थियो तर पनि मलाई थप चासो भयो । आफूले धेरैजसो नअपनाएको भए पनि उहाँको अभियानप्रति मलाई साथ दिन मन लाग्यो । ‘के हो नमस्कार र नमस्तेचाहिँ ? गुड मर्निङ भन्ने र हात मिलाउनुभन्दा नमस्कार गर्दा के फाइदा हुन्छ ?’ मैले जिज्ञासा राखेँ ।

मेरो कुरा भुईँमा खस्न नपाउँदै उहाँले संक्षेपमा भन्नुभयो –‘हात जोड्दा अरूप्रति सम्मान पनि हुन्छ, र आफैँलाई लाभ पनि ।’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका संस्कृतिविद् उहाँले विविध संस्कार, पहिचान, भाषा भएको हाम्रो समाजमा अभिवादनका विभिन्न तरिकाहरू ‘नमस्ते’, ‘नमस्कार’ जुन भने पनि मिल्ने बताए । 

उहाँका अनुसार यो शैली अत्यन्तै वैज्ञानिक र सहअनुभूति जगाउने खालको छ । एक त यसले अभिवादनकर्ता आफू सानो र अर्कालाई ठूलो बनाएको भाव दिँदो रहेछ । ‘नमस्कार, वा नमस्तेले म तपाईँसामु झुक्दछु’ अथवा तपाईँको उपस्थितिप्रति आभार प्रकट गर्छु भन्ने भाव दिन्छ,’ मलाई छोटो पाठ पढाउँदै उहाँले भन्नुभयो । म अचानक नमस्कार शैलीको फ्यान बनेँ । ‘अबदेखि म हात मिलाउनै छाड्छु, नमस्कार बानीको विकास गर्छु ’ भन्नेसमेत सोचेँ मैले ।

आधुनिकता र पश्चिमा शैलीको देखासिकीकै कारण हाम्रो समाजमा नमस्कारभन्दा अलि असहज महसुस लाग्न थालिसकेको छ । नजानिँदो पारामा बिस्तारै हाम्रो संस्कारलाई पश्चिमा संस्कारले पछाडि पारेको छ ।

हात मिलाउने 'ह्यान्सेक' आयातीत शैली हो । पश्चिमा मुलुकका मान्छे हामीजस्ता फुर्सदिला कहाँ हुन्छन् र ? काम गरिरहन्छन् । उनीहरूका हात प्राय: व्यस्त हुन्छन् होला । हातमा झुन्ड्याउने सामग्री बोक्नु परेकाले एउटा मात्र हात खाली हुँदा हात मिलाउने शैली स्थापित भयो होला । नमस्कार विस्थापित गर्न नेपाल आयो होला । अनि हामी त्यसैलाई अनुसरण गरिरह्यौं । हात मिलाउने चलन नेपालकाे राष्ट्रिय संस्कार बनिसक्यो । हामीबीच यस्तै गन्थन मन्थन चल्दै गयो ।

पछिल्लो समय विश्वभर कोरोना भाइरसको आतंक छ । विश्वभरका लाखौँ मानिसमा संक्रमण भएका छन् । यसको प्रकोप नेपालमा समेत पस्ने र फैलने जोखिम छ । यदि नमस्कार शैलीबाट अभिवादन गर्दा एकबाट अर्कोमा भाइरस संक्रमण सर्ने जोखिम कम हुन्छ । हात मिलाउँदा, अंकमाल गर्दा, एक अर्कोमा भएका रोगका कीटाणु सर्न सक्ने जस्ता जोखिम नमस्कार शैलीमा नहुने विषयमा हामीबीच केहीबेर चर्चा भयो । टेलिभिजनको लाइभ ‘टक सो’ सुरु गर्ने बेला हुनै लागिसकेको थियो, प्रस‌ंग मोडेर हामी स्टुडियो छिर्‍यौ । 

केटाकेटीले पाहुनालाई नमस्कार नगर्दा

कुरो एक महिनाअघिको मात्र हो । म डेरागरी बस्ने घरमा पूजा थियो । घरबेटीले स्वस्थानी ब्रतकथा समापनको अवसरमा सांङ्गे पूजा गरेका थिए। म पनि निम्तो स्वीकार गर्न गएको थिएँ। घरबेटीकी करिब आठ/दश वर्षका छोराछोरी छन् । उनीहरू नजिकैका एक बोर्डिङ स्कुलमा पढ्छन् । पूजामा ती केटाकेटीलाई पढाउने एक शिक्षिका पनि आएकी रहिछन् । घरबेटीले शिक्षिकालाई भन्दै थिए ‘मिस हाम्रा छोराछोरीले घरमा आएका कुनै पाहुनालाई नमस्कार गर्दैनन् । 'छोरा नमस्कार गर् भनेर भन्दा किन नमस्कार गर्ने ? भन्दै उल्टै हामीलाई हप्काउँछन् । नचिनेको मान्छे आए त ठिकै छ, चिनेजानेकालाई समेत नचिनेजस्तै गर्छ ।’ घरबेटी अभिभावकले आफ्ना केटाकेटीलाई सम्झाइदिन मिससँग आग्रह गरे ।

सायद आफूले घरमा गराउन नसकेका विषयहरू स्कुलबाट समाधान हुन्छ भन्ने अभिभावकलाई भ्रम हुने रहेछ । किताब बोकेर पढ्न पठाउने स्कुलबाटै सबै किसिमका संस्कार सिकोस् भन्ने चाहना उनीहरूमा रहेको देखेँ मैले । ती घरबेटीले पनि कोही कसैलाई नमस्कार गरेको मैले सायद देखेकाे थिइन । मैले कहिलेकाहीँ ‘दाजु नमस्कार’ भन्दा ती घरबेटीले नमस्कार फर्काउँदैन थिए । बरु उनी भन्छन्, ‘ओहो भाइ गुड मर्निङ, के छ खबर ? ’

संस्कार, चालचलन, रहनसहन रीतिरिवाज सिक्ने पहिलो स्कुल घर नै हो । हाम्रा परम्परागत मूल्य मान्यता, मौलिक चालचलन, संस्कारभन्दा अरूको देखावटी संस्कारको नक्कल गर्नमै हाम्रो ध्यान जान्छ । यसबाट भावी सन्ततिले के सिकिरहेका छन् त्यता हाम्रो ध्यान गएको पाइँदैन । आफूभन्दा ठूलालाई तपाईँ, हजुर भन्ने संस्कार पछिल्लो पुस्ताहरूले बिर्सिएका होइनन्, अभिभावकबाटै बिर्साइएका हुन् । त्यसैले त  नमस्कार, ढोग प्रणामजस्ता अभिवादन करिब लोककथा जस्तै बन्न पुगिसकेको छ ।

सिँगाने हातसँग ह्याण्सेक गर्नुपर्दा

केही दिनअघि अनामनगरमा एक जना साथीसँग भेट भयो । नजिकैको चिया पसलमा छिरेको चिरपरिचित पूर्वेली मित्र भेटियो । चिनजान निक्कै पहिलादेखिकै हो । सुरुवाती भेटमा उनी मलाई ‘सेवारो’ भन्दै सम्बोधन गर्थेँ । उनलाई देख्नासाथ मैले अभिवादनमा नमस्कार शब्द छाडेर ‘सेवारो' भनिदिएँ । उनले भने– ‘अरे, यार साथीमा पनि यत्रो औपचारिकता ?’ अझै यत्तिमै कहाँ रोकिए र उनी । नाक कोट्याउँदै गरेको हात मतर्फ लम्क्याए । ठूलो किन पल्टनु भन्दै मेलै घिन मान्दै भए पनि उनको सिँगाने हातसँग म हात मिलाउन बाध्य बनेँ ।
 
‘हेल्लो– हाई’ले हराएको नमस्कार 

धेरै भयो ‘गुड मर्निङ’ वा ‘गुड आफ्टरनुन’ हाम्रो दैनिक जीवनको अभिवादन शैली बन्न थालेको । कसैलाई भेट्दा होस् या समूहमा सबैसँग गर्ने एक किसिमको औपचारिक सम्बोधन ‘गुड मर्निङ’, ‘गुड आफ्टरनुन’, ‘गुड इभिनिङ’ वा ‘हेल्लो–हाई’ शब्दावली हामीबीच प्रचलित छ । कुनै परिचित वा अपरिचित मानिससँगको पहिलो संवाद नै यी नै शब्दहरूबाट सुरु हुन्छ । त्यसपछि मात्र हामीलाई कुरा गर्न सहज हुन्छ । त्यतिमात्र होइन चिने जानेका कसैसँग भेट हुँदा हामी अभिवादनस्वरूप ह्याण्डसेक गर्छौँ । अझै सामीप्य प्रकट गर्नुपरेमा अंकमाल गर्ने चलन पनि बसिसकेको छ । 

कसैलाई भेट्दा हात जोडेर नमस्कार गर्नु हाम्रो परम्परागत संस्कार हो । तर हामीले नमस्कार भनेर दुई हात जोड्न छोडिसकेका छौँ । जोडिहाले पनि कमै मात्र, कहिलेकाहीँ कोही कसैलाई मात्र । आधुनिकता र पश्चिमा शैलीको देखासिकीकै कारण हाम्रो समाजमा नमस्कारभन्दा अलि असहज महसुस लाग्न थालिसकेको छ । नजानिँदो पारामा बिस्तारै हाम्रो संस्कारलाई पश्चिमा संस्कारले पछाडि पारेको छ । दुई हात जोड्नुको आफ्नै अर्थ छ । हात जोड्दा अरूप्रति सम्मानभन्दा बढी आफूलाई नै लाभ छ । दुई हात जोड्दा हातबाट ऊर्जा पैदा हुन्छ र त्यसले आफू अगाडिको मानिसमा समेत सकारात्मक प्रभाव पार्ने कुरा योग शास्त्रमा उल्लेख  छ ।

गाउँले जीवनले धानेको नमस्ते संस्कार

विशेषगरी सहरी जीवनमा 'नमस्कार' शैली हराउँदै गएको छ । जता गए पनि ‘गुड मर्निङ’, गुड आफ्टरनुन’ वा ‘गुड इभिनिङ’ भन्ने चलन छ । तर गाउँमा भने यस्तो हुँदैन । जहाँ जसलाई भेट्यो उसैलाई नमस्कार, वा नमस्ते भनिहाल्छन् । गाउँघरतिर डुल्दा घरका ढोकामा पुगेर 'भित्र को छ हँ ?' भनेर प्रश्न तेर्‍स्याउँदा मान्छे नचिनिकनै भित्रैबाट 'नमस्कार है को हो ?' भन्दै मान्छे बाहिर आउँछ । चिया पसलमा छिर्‍यो भने जम्ला हात गर्दै नमस्कार बसौँ, बसौैँ भन्ने गरिन्छ । चौतारी, चौबाटो, पाटी पौवामा थकान मार्दै गरेका बटुवासमेत अपरिचित यात्रीलाई नै मुस्कानबीच फुत्त निकाल्छन्– ‘नमस्ते हजुर, कहाँसम्म पुग्ने होला ?’

बाटामा हिँड्दै गर्दा खेतबारीमा काम गर्दै गरेका किसानहरू समेत काममा व्यस्त हातमाथि निधारसम्म उचाल्छन् । नयाँ मान्छे देख्यो कि केटाकेटीहरू समेत उत्सुकतासाथ दुई हात चिउँडोसम्मै पुर्‍याउँदै भन्छन्, ‘नमस्ते ।’ विद्यालयमा विद्यार्थीहरू ‘नमस्ते सर ’ भनिरहेकै हुन्छन् । 

कोरानाले ब्युँताएको ‘नमस्कार’

तर पछिल्लो समय विश्वभरि कोरना भाइरसको सङ्क्रमण जोखिम बढेपछि पाश्चात्य ‘आधुनिक’ संस्कार ह्याण्डसेक अहिले कम हुँदै गएको छ । हात मिलाउँदा एक व्यक्तिमा रहेको कीटाणु अर्कोमा सर्ने जोखिम हुँदा धेरैले पूर्वीय नमस्कार शैली अपनाएको पाइन्छन् । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प होस्, या इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सबैले नमस्कार गरेका तस्बिरहरू भाइरल भएका छन् ।

क्यानडाका प्रधानमन्त्री जष्टिन टुडो हुन् या फ्रान्सका प्रधानमन्त्री इम्यानुयल म्याक्रोन, सबैले पूर्वीय दर्शन नमस्कार शैलीबाट अभिवादन गरिरहेका छन्  यतिबेला । अब हामी भने किन उनीहरूको 'हाई हेल्लो'को नक्कल गरिरहने त ? उनीहरुको ‘नमस्ते’ दृष्यले संसारलाई पूर्वीय अभिवादन संस्कारतर्फ फर्कन प्रेरित गरेका छन् ।

नमस्ते अभिवादन शैलीको उद्गमथलो दक्षिण एशियाको नेपालबाहेक सबै भूभाग कुनैबेला बेलायतको उपनिवेश थिए र पश्चिमा सभ्यताबाट पूर्वीय सभ्यतामाथिको अतिक्रण त्यही युगबाट सुरु भएको थियो । नमस्कार जस्तै धेरै सभ्यताहरु पश्चिमा संंस्कारको छायाँमा परेका थिए । बेलायती लगायत पश्चिमी सभ्यता सिकेर हामी नमस्तेको साटो ‘हेल्लो’ ‘हाई’ भन्दै हात मिलाउने संस्कारमा ‘फ्युजन’ भइसकेका बेला अमेरिकी र बेलायतीहरु एकाएक नमस्ते युगमा फर्किएपछि हामी नेपालीलाई आफ्नो संस्कारलाई हेलत्व गरेकोमा लाज हुनुपर्ने हो । 

यस्तै ‘अतिथि देवो भव’को मर्म र भाव भावी पुस्तालाई बुझाउनुपर्ने देखिएको छ । अभिभावकहरू आफैँले नमस्कारको सट्टा विदेशी शैलीमा ‘हाई’ गर्ने वा हात मात्रै मिलाउने, अनि छोराछोरीले पाहुनालाई नमस्कार गरेर भनेर शिक्षकसँग गुनासो गरेर होला त ? जब श्रद्धा हुन्छ तब त नमस्कार हुन्छ । तर हामी आफैले गरेका छौनौँ भने कसरी छोराछोरीले सिक्लान् ? यसैले जम्ला हात गरेर ‘नमस्कार, नमस्ते, वा नमन जे भने पनि भन्दैमा धार्मिक र रूढीवादी नभइएला कि !

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि