बैशाख १५, २०८१, शनिबार
               

मंगलबार सेयरबजारमा तीनपटक लाग्यो सकारात्मक सर्किट

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । करिब एक सय दिन बन्द भएर असार १५ देखि खुला भएको सेयर तीन पटक सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । 
दोस्रो बजार सोमबारदेखि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेर बन्द भए पनि दोस्रो दिन तीनपटक सकारात्मक सर्किट लागेर बन्द भएको हो । 

असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेपछि सेयरबजार कारोबार सुरु भएको थियो । 

मंगलबार कुल ७२.०५ बिन्दु बढेर सेयरबजार बन्द भएको छ । जुन प्रतिशतका आधारमा ६.०६ ले बढोत्तरी हो । 

नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६०.७५ मा पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि