बैशाख १६, २०८१, आइतबार
               

खुँडा प्रहार गरेर एकको हत्या, टाउको छिनाएको शव भेटियो

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । खुँडा प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको हो ।

भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

हातखुट्टा बाँधेर टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो ।

आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । 

मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन् ।

हत्या भएको उक्त स्थान मकैबारी रगतले लतपतिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि