बैशाख १४, २०८१, शुक्रबार
               

भोजपुरमा १ सय ८९ वर्षका वृद्ध भेटिए !

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

समाजमा सय वर्ष उमेर काटेको मान्छे प्रायः कमै मात्र भेटिन्छन् तर भोजपुरमा भेटिएका एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् । ती व्यक्ति उमेर अनुसार बुढा भने छैनन् । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पूरा भएको छ ।

सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं.–७ का खम्बधन राईको जन्म मिति नागरिकतामा विक्रम सम्बत १८८६ साल रहेको छ ।

राईको भोजपुर जिल्लाबाट २०४१ साल चैत ५ गते जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय, भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् । 

नागरिकतामा १०० वर्ष बढी दखिए पनि सच्याउन जान २ दिनको पैदल हिँडेर सदरमुकाम जानुपर्ने भएकोले नगएको उनी बताउँछन् । उनी  भन्छन्, ‘वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले नागरिकता नसच्याएको हुँ ।’


कस्तो लाग्यो ?

यो पनि