बैशाख १६, २०८१, आइतबार
               

जसले आमाको हत्या गरेर आफ्नै घाँटी रेटे

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

मोरङ ।  बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । 

पछि उनी आफैंले घाँटी रेटेर र पेटमा छुरा प्रहार गरी घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि