बैशाख १४, २०८१, शुक्रबार
               

लकडाउन दुई पुरा

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनले दुई महिना पुरा भएको छ । लकडाउन चैत्र ११ गतेबाट सुरु गरिएको थियो। लकडाउन कार्यान्वयनमा ल्याइएको आइतबार ६२ औँ दिन पुगेको छ । गत ११ चैतदेखि जारी गरिएको लकडाउन पटकपटक समय थप गर्दै आउँदो जेठ २० गतेसम्म पुर्याइएको छ ।

लकडाउनका वेला सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर हिँडडुल गर्न निषेध गरिएको छ । त्यसैगरी अत्यावश्यक सेवाका सवारीसाधन र पासबाहक सवारीसाधनबाहेक सडकमा अन्य सवारीसाधनलाई चल्न निषेध गरिएको छ ।  जसले गर्दा लकडाउनका वेला देशका मुख्यमुख्य राजमार्गदेखि भित्रीसडकसम्म सुनसानजस्तै बनेका छन् । अत्यावश्यक सवारीहरू भित्रीसडकमा पनि गुडेका छन्, तर न्यून मात्रामा । चोकचोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका मुख्यमुख्य सहरहरूमा आर्थिक गतिविधि ठप्प छन् ।  बिहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनका लागि खोल्न दिने गरिएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा अलि  कडाइ बढाएको छ ।

पास वितरणमा कडाइ गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरूको चेकजाँचमा पनि कडाइ गरिएको छ । सरकारले ११ चैतदेखि पहिलोपटक एक साताका लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लकडाउन गरियो । त्यसपछि तेस्रोपटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लकडाउनलाई चौथोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म थपेको थियो । त्यसपछि पुनः १० दिनका लागि लकडाउन थप भएर वैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँपटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थपेको थियो । 

संक्रमणको दर बढ्दै गएपछि सरकारले फेरि निर्णय गरी जेठ २० गतेसम्म पुनः लकडाउनको अवधि बढाएको छ । नेपालमा आईतबारसम्म संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि