बैशाख १४, २०८१, शुक्रबार
               

चीनमा अब छैनन् कोरोना संक्रमित

एजेन्सी
जेठ १०, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा कोरोनाबाट हुने संक्रमणको दर पहिलोपटक शुन्यमा झरेको छ।

चीनमा पछिल्लो समय कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको छ। गत वर्षको डिसेम्बर महिनाको अन्तिमबाट चीनमा कोरोना भाइरस फैलिएको थियो।

त्यसयता चीनमा दैनिक कोरोना संक्रमित थपिरहेका थिए। तर पहिलो पटक शुक्रवार २४ घण्टामा चीनमा कोरोनाबाट कोही संक्रमित नबनेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड–१९ का कारण कसैको मृत्यु पनि नभएको जानकारी दिएको छ।

चीनको हुपेइ प्रान्तस्थित वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३ लाख ४० हजार जनाको मृत्यु भएको छ।

चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ। 


कस्तो लाग्यो ?

यो पनि