बैशाख १५, २०८१, शनिबार
               

पेरुमा एक लाख संक्रमित, 'हरर फिल्म' हेरेजस्तो अवस्था

एजेन्सी
जेठ ०८, २०७७

ADVERTISEMENT

लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ । तीन हजारभन्दा बढीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । 

गत अप्रिल ३० यता संक्रमित र मृत्यु हुनेको दर तीन गुणाले बढेको छ । 

भाइरस फैलिन नदिन पेरुमा नौ हप्तादेखि लकडाउन जारी छ, र यसबाट मुलुकको अर्थतन्त्र अत्यन्त नाजूक अवस्थामा पुगेको छ । 

पेरुको करिब ३ करोड २० लाख जनसंख्यामध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । 

पेरुका अस्पतालमा बिरामीको संख्या व्यापक रुपमा बढ्नुका साथै अस्पतालहरुमा स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेको छ । 

राजधानी लिमको उनानु अस्पतालमा कार्यरत नर्स मिगेल अर्मासले यहाँको अवस्था अहिले “हरर फिल्म” (तर्साउने फिल्म) हेरेजस्तो देखिएको बताइन् । 

स्वास्थ्य मन्त्रालयले कोविड–१९ का बिरामी उपचारका लागि हाल ७ हजार ५०० व्यक्ति अस्पताल भर्ना भएको जनाएको छ । 

स्थानीयबासीले चिकित्सा सेवाको पर्याप्त व्यवस्था नहुँदा संक्रमितहरुको घरघरमै ज्यान गइरहेको गुनासो गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि