बैशाख १४, २०८१, शुक्रबार
               

जर्मन बुन्डेसलिगामा आज दुई खेल हुँदै

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना महामारीपछि शनिबारदेखि पुन: सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आइतबार राति दुई खेल हुँदैछ ।  

बन्द रगंशालाभित्र सुरु खेलको दोस्रो दिन आइतबार शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुदैँछ ।

बायर्न र बर्लिनबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि तथा कोलोन र मेन्जबीचको खेल साँझ ७ः१५ बजे हुनेछ ।  

२५ खेलबाट ५५ अंकमा शीर्ष स्थानमा रहेको बायर्नलाई उपाधि होड कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ। बर्लिनको २५ खेलबाट ३० अंक जोड्दै अंक तालिकाको १२औं स्थानमा छ।

आजै हुने पहिलो खेलमा रेलिगेसन जोनबाट उम्किने दाउमा रहेको मेन्जले कोलोनसँग प्रतिस्पर्धा गर्दै छ। अर्को खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत मेन्जले कोल्नसँग प्रतिस्पर्धा गर्नेछ । रेलिगेशन जोनभन्दा मात्र एक स्थानमाथि रहेको माइन्जलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । मेन्ज २६ अंकसहित तालिकाको १५औं स्थानमा छ । कोल्न ३२ अंक जोडेर १०औं स्थानमा छ ।

यो पनि