बैशाख १४, २०८१, शुक्रबार
               

घरमा चोरी गर्न गएका व्यक्ति, निन्द्रा लागेर त्यहीं सुते

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

एजेन्सी – निन्द्रा लागेको अवस्थामा खाना नखाएरै सुत्नु सामान्य नै हो । तर यदि चोर चोरी गर्न घरभित्र गयो र उसलाई निन्द्रा लागेर त्यहीं सुत्यो भनेको सुन्दा अचम्म लाग्नु स्वाभाविक हो । यस्तै, अचम्मको घटना भारतमा भएको छ ।

यो घटना हो भारत कर्नाटकको दक्षिण कन्नडको, जहाँ एउटा चोर चोरी गर्न घरमा त छिर्छ तर उसलाई निन्द्रा लागेर र त्यहीं घरको सोफमै सुत्न पुग्यो । घरको चावी चोरकै हातमा थियो । घरका मालिकले अपरिचित व्यक्ति आफ्नो सोफामा सुतेको देखे र रिसले उसलाई धेरै पिटे । त्यसपछि चोरलाई प्रहरीको जिम्मा लगाइदिए । यो घटना उप्पिन्नगडी प्रहरी चौकी सीमा उल्लास जक्सनको हो ।

प्रहरीका अनुसार २४ फरवरी राति अत्यधिक मादक पदार्थ सेवन गरि अनिल सहानी नामको चोर छतको टाइल्स फोडेर घरमा घुसेको थियो । चोरले घरको चावी पनि भेटाइसकेको थियो । तर नशामा यति धेरै लठ्ठ थियो कि चोर सोफामा नै सुत्न पुग्यो ।

बिहान टुटेको छत देखेर घरका मालिक सुदर्शनको होश नै उड्यो । यसपछि उनले सोफामा सुतेको अपरिचित व्यक्तिलाई पिट्न सुरु गरे र प्रहरीको जिम्मा लगाइदिए ।

प्रहरीका अनुसार चोर अनिल नशामा मस्त थिए र सोफा देख्नेबित्तिकै त्यसैमा सुते । उप्पिन्नगडी थानामा अनिलविरुद्ध चोरी प्रयासको केस दर्ता गरिएको छ । प्रहरी अब अनिलको बारेमा अनुसन्धानमा जुटेको छ । 


कस्तो लाग्यो ?

यो पनि