बैशाख १७, २०८१, सोमबार
               

एक युवा नाइट क्लब पुगे, कोरियामा फेरि संक्रमित बढे

एजेन्सी
बैशाख २८, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा शनिबार ३४ जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । अप्रिल ९ यता एकै दिनमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

संक्रमितको संख्या वृद्धि हुनुमा सिओलको नाइटक्लब मुख्य कारक भएको बताइएको छ । एक २९ वर्षीय युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि हुनुअघि (मे २ मा उनी) तीन वटा नाइटक्लब पुगेका थिए । त्यहीबाट उनले संक्रमण फैलाएको अनुमान गरिएको छ ।

यसअघि, दक्षिण कोरियाले लगभग महामारीलाई नियन्त्रणमा लिन सफल भएको थियो । शनिबार अघिसम्म एक अंकमा मात्र संक्रमित फेला परिरहेका थिए ।

आइतबारसम्म नाइटक्लबको क्लस्टरमा ५४ जना संक्रमित फेला परिसकेका छन् । यसमध्ये ४३ जना क्लबमै पुगेका थिए बाँकी ११ जना उनीहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।

खबरहनुसार, क्लब पुगेका १९ सय ४६ जनाको ट्रेसिङ जारी रहेको बताइएको छ । उनीहरुलाई सेल्फ आइसोलेसनमा राख्न थालिएको बताइएको छ ।

दक्षिण कोरियामा हालसम्म १० हजार ८७४ संक्रमित फेला परेका छन् जसमध्ये ९ हजार ६१० जना निको भइसकेका छन् । मृतकको संख्या २ सय ५६ छ ।


कस्तो लाग्यो ?

यो पनि