बैशाख १४, २०८१, शुक्रबार
               

बिरालोले आफ्नो बिरामी बच्चा अस्पताल पुर्‍याउँदा चिकित्सकहरू अचम्ममा परे

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

 

टर्कीको एक रोचक घटना सार्वजनिक भएको छ । हिन्दुस्तान टाइम्सले दिएको जानकारीअनुसार एक बिरालोले आफ्नो बिरामी बच्चा इस्तानबुलको अस्पतालमा पुर्‍याएको थियो ।

बिरामी मान्छेलाई उपचार गर्ने अस्पतालमा बिरालोले स्वास्थ्य अवस्था बिग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरू नै अचम्मा परेका थिए । गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरूमा बिरालोले अस्पतालभित्रै बिरालो बोकेर पुर्‍याएको देख्न सकिन्छ।

ट्वीटरको एक क्याम्सनमा भनिएको छ,‘ आज अस्पतालको आपतकालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बिरामी बच्चा बोकेर ल्यायो ।’

समाचारहरूका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए । जसले बिरामी बच्चा बिरालोको उपचार गरेका थिए । यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको बताइएको छ।

मानिसहरूले यस भाइरल बनिरहेको तस्बिरहरू सेयर गर्दै यस तस्बिरले आमाको मायाको झल्को दिने बताइरहेका छन् । –एजेन्सी


कस्तो लाग्यो ?

यो पनि