मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाविरुद्धको लडाइँमा मोदीले गरे सात अनुरोध

एजेन्सी
बैशाख ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा लकडाउनको अवधि लम्बिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि थप गर्ने घोषणा गरेका हुन् । 

मोदीले मे ३ सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् । उनले लकडाउनलाई कडाइका साथ लागू गर्ने समेत बताएका छन् ।

मोदीले गरे सात अनुरोध

- आफ्ना घरका वृद्ध-वृद्धाको विशेष ध्यान राख्न ।

- लकडाउनको पूरा पालन गर्न । मास्क प्रयोग गर्न । 

- इम्युनिटी पावर बढाउने खानेकुरा सेवन गर्न । 

- 'आरोग्य सेतु' मोबाइल एप डाउनलोड गर्न । 

- गरिब परिवारको रेखदेख गर्न तथा खाना दिन ।

- आफ्नो उद्योग व्यवसायमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट ननिकाल्न ।

- कोरोना भाइरसविरुद्ध अग्रपंतिमा रहेर काम गर्ने योद्धाहरु (स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी) हरुको सम्मान तथा गौरव गर्न माेदीले सबै देशवासीलाइ अनुरोध गरेका छन् ।

माेदीकाे सम्बोधन


कस्तो लाग्यो ?

यो पनि