बैशाख १४, २०८१, शुक्रबार
               

लकडाउनमा केटाकेटी : भगवान भरोसा

ADVERTISEMENT

नेपालमा आइतबार ३ जना थप कोरोना सङ्क्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्वारेन्टाइनमा बस्न अनुरोध ग¥र्याे । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न गरिएको लकडाउनको २० आंै दिन फेरि यस्तो अनुरोध आयो । शनिवार चैत २२ गते सुदूरपश्चिममा ३ जना नयाँ कोरोना सङ्क्रमित फेला परेको आठौँ दिनमा थप ३ जना नयाँ कोरोना सङ्क्रमित फेला परे । यसपछि सरकारले लकडाउन झन् कडाइ बतायो ।

तर त्यही समयमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकाकै केही गल्लीहरूमा असावधानीहरू प्रशस्तै देखिए । म ललितपुर पाटन बजारमा रिर्पाेटिङको सिलसिलामा पुगेको थिए । सडक, गल्ली र अघिपछि भिडभाड हुने स्थल सुनसान थियो । यो ठाउँ यति धेरै सुनसान पनि हुन्छ है ? आफ्नै मनले आफैलाई प्रश्न गर्दै अचम्म माने । त्यस्ता खचाखच मान्छेहरू कता गए ? गाउँमा गए कि? होइन, होइन । कतिले घर, कोठाभित्रै बसेर म बाटोमा निस्किएको देखे होलान् । म ग्वार्रको चोकबाट पाटन जाने गल्लीबाट छिरेको थिए । यतिन्जेलसम्म केही पर पुगिसकेको थिए ।


यत्तिकैमा केही केही केटाकेटीहरू घरबाहिर खेल्दै थिए । उनीहरूबिच सामाजिक दुरी कायम थिएन । त्यति बेला नजिकैको घरबाट निस्केका एक बालकलाई सोधे ‘बाबु, लकडाउनमा पनि किन बाहिर निस्किएको ?’
उनले यसो हेरे जस्तो गरेर भने ‘के भयो त?’ मानौँ मैले उनलाई प्रश्न सोधेर अपराध नै गरेँ । छेवैको घरको छेउमा केही काम गर्दै गरेका एक अधैबैशे पुरुषले मेरा हाम्रा संवाद सुनिरहेका थिए । उनले केही प्रतिक्रिया दिएनन् । वालकको प्रतिक्रियाले मलाई झस्कायो । लकडाउन भएको यतिका दिन भैसकेको छ । उसलाई लकडाउन गरिनुका कारण त पक्कै थाहा हुनुपर्ने हो । थाहा भएको भए किन लावरवाही भयो? वा उ थाहा भएरै घरमा बस्दा बस्दै दिक्क लागेर निस्किएको हो । यस्तै सोच्दै म अगाडी बढेँ । 

मध्य दिउँसोको समय । वयस्कहरू सडकमा देखिँदैनथे । तर बाटाबाटमा केटाकेहीहरु समूहमा खेल्दै गरेका देखिए । केहीसँग कुराकानी गरे पश्चात् थाहा भयो । कोही खेलेर फर्कँदै त कोही खेल्न जाँदै थिए । भित्री गल्ली भएकाले उनीहरूलाई रोक्ने न सुरक्षाकर्मी थिए, न त जनप्रतिनिधि देखिए । पुरा विश्व कोभिड–१९ को संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सामाजिक भेला, वा अन्य कार्य गर्नु जायज मान्न सकिंदैन् । तर त्यहाँ अभिभावकहरूले केटाकेटी घर बाहिर निस्कँदा रोकेका देखिएनन् । 

लकडाउनको समयमा सबै घर भित्रै छन् । तर पेसागत भूमिका निर्वाह गर्न रिर्पाेटिङकै सिलसिलामा डुल्दै थिए । अरुबेला अफिसको कामले व्यस्त हुँदै हामी संञ्चारकर्मीहरु लकडाउनमा झन् व्यस्त थियौैं । बाहिर रिर्पाेटिङमा निस्कँदा सकेसम्मको पूर्व सावधानी अपनाएका हुन्थ्यौ । तर, त्यो ललितपुरको पाटन क्षेत्रको दृश्यले मेरो मन भने बेचैन रह्यो । मनमा कुरा खेलिरहेकै बेला नजिकै बस्ने एक जना साथीलाई फोन गरे ।  अनिल श्रेष्ठ जो एक टेलिभिजनमा क्यामरा मेनको रूपमा काम गर्थे । उनी त्यहाँको स्थानीय बासिन्दा हुन् । ‘हामी त घरभित्रै छन्, तर मैले पनि बाहिर बिहान बेलुकी हिँड्दा केटाकेटीहरू समूहमै खेली रहेका देखेको छु’ उनले फोनमा सुनाए ।

सडक खाली थियो । कोही क्रिकेट, भलिबल, कोही लुक्ने, भाग्ने यस्तै खेल्दै थिए । छेवैमा अभिभावकहरू केही कामाका लागि निस्किएका देखिन्थे । सायद त्यहाँ आफूभन्दा सानालाई सम्झाउनु, बुझाउनु पर्ने वर्गको समेत हेलचेक्रयाई थियो । उनीहरूले सुझाएको भए सायद केटाकेटीहरू घरभित्रै आफ्ना परिवारसँगै खेल्थे होलान् । बाहिर निस्किएर भिडमा खेल्दा परिवार समाज मात्र होइन देशै जोखिममा पर्ने डरको उत्तिकै अनुमान गर्न सकिन्थ्यो । शिक्षा र चेतनामा अब्बल मानिले महानगरको यस्तो हालत छ । अरू ठाउँमा के होला ?’ यस्तै सोच्दै अघि बढे । 

कोरोना विरुद्ध लड्ने दायित्व प्रहरी र पत्रकारको मात्रै
पाटनको भित्री गल्ली, साँघुरो छ । सडककै छेउको घरको ढोकामा मोबाइल चलाउँदै गरेका एक जना देखे । उनीसँग लकडाउनमा बाहिर केटाकेटीहरूको भीड जम्मा भएको बारेमा सोधे । ‘हामी त घर भित्रै छौँ अरू नजानेकाहरू बाहिर जान्छन् होला ।’ मैले अर्को जिज्ञासा राखे – ‘अनि तपाइहरूले यसरी बाहिर निसकनुहुदैन, भिडमा जानु हुँदैन भनेर भन्नुभएन ?’ उनले सिधा जवाफ दिए –‘यो काम त पुलिसहरूले गरिहाल्छन्, नि, मिडियामा यत्रा खबरहरु आईराछ, त्यहाँबाट थाहा पाउनुप¥र्याे नि ।’

हरेक वडामा जनप्रतिनिधि, प्रहरी, सामुदायिक प्रहरी, टोल सुधार समिति, क्लब र सामाजिक सङ्घ संस्था छन् । तर दुर्भाग्य, उनीहरूलेसमेत लकडाउन भनेको के हो राम्रोसँग बुझ्न र बुझाउन सकेका देखिएन । समाचारका लागि उनीसँग प्रश्न गरेको भन्ने जानकारी दिनबाट म पन्छिए । उनलाई कोरोना भाइरसको संक्रमणविरुद्ध कसरी लड्ने भन्ने सुरक्षाकर्मी, सञ्चारकर्मी, चिकित्सक वा सरकारको मात्र नभएर सबै नागरिकको दायित्व भएको सम्झाए ।

आफू मात्र घर भित्र बसेर हुँदैन । आफ्नो टोल र क्षेत्रमा लकडाउनको पालना गर्नु र गराउनु सक्षम नागरिकको कर्तव्य पनि हो । तर उनीहरूको सोच यस्तो देखियो ‘संक्रमणविरुद्ध लड्ने दायित्व प्रहरी र पत्रकारको हो ।’
विश्वका विकसित देशका प्रधानमन्त्री, मन्त्री, राजकुमार–राजकुमारी कोरोना भाइरसबाट सङ्क्रमित छन् । धेरै चिकित्सकलाई समेत बिरामीबाट सङ्क्रमण भएको छ । तर हाम्रो समाज भने आफ्नै तानाबानमा मस्त छ ।

प्रहरी आउँदा घरभित्र, गए पछि घर बाहिर
लकडाउनको पहिलो, दोस्रो, तेस्रो, हुँदै बिसौँ दिनसम्म हुँदासमेत त्यो क्षेत्रमा बालबालिका घरबाहिरै रहेछन् । रोक्न सक्ने अभिवाकहरुलाई वास्ता हुँदो रहेनछ । अभिावक आफू घरभित्र बसे पनि बाहिर खेल्न गएका केटाकेटीबाट असुरक्षा हुन्छ भन्ने चेतना नभएको देखियो । कहिलेकाहीँ साइरन बजाउँदै प्रहरीको भ्यान आउँदा केटाकेटीहरू दौडँदै घरभित्र जाँदा रहेछन् ।  गए पछि पुनः खेल सुरु हुने रहेछ । 
कोरोनापछि हाम्रो जीवनशैलीमा केही फरक अवश्य आउनेछ अनि बिस्तारै त्यही बानी पर्दै जानेछ । सम्पूर्ण प्रियजनहरूसँग चाँडै भेट हुनेछ ।  शरीर तन्दुरुस्त रहेमा सुख–दुःख साट्ने दिन आउनेछ । सँगै खेल्ने खेलाउने दिन आएछ । तर यसरी बालबालिकालाई चेतना दिइएको पाइएन ।

सरकारले लकडाउन घोषणा गर्नुअघि पाटन ललितपुरका केटाकेटी मात्र होइन हामी सबै हिँडडुल गरिरहेकै थियौँ । धेरैसँग हुलमुलमा संसर्ग गरेका थियौ । कहाँकहाँ गयौँ, ककसलाई भेट्यौँ सम्झन पनि कठिन छ । सङ्क्रमितसँग भेट भएन ठिकै छ । तर उनीहरूको सम्पर्कमा आएका व्यक्तिमार्फत भाइरस हामीमा आएको हुनसक्छ । खासमा भन्ने हो भने, हामी परिवारजन र निकट जनको भाग्यकै भरमा छौँ । भाग्यवश उनीहरू कोरोना सक्रमतिको आसपासमा पुगेनन् । धन्न हामी पनि भाग्यले बचिरहेका छौँ । बाहिर निस्कने क्रममा वा खेल्दा, छुँदा, बस्दा वा बोल्दा भाइरसको सम्पर्कमा आएको छैन भन्ने के ग्योन्टि ? 

रोगको भन्दा भोको चिन्ता

सबै जना घरभित्रै बस्नुपर्छ सबेलाई थाहा होला । तर कतिपयको बाध्यता पनि कम्तीका छैनन् । घरभित्रै बस्न सक्ने सबै भाग्यमानी कहाँ छन् र ? कोठाभित्रै खान पाएर आफूलाई भुलाउन नपाउनेहरु पनि थुप्रै छन् । पाटनमै राहत लिनको लागी वडा कार्यालय अगाडी हातमा सेतो कागजको चिर्कटो दिएका केही लाम देखियो । उनीहरू ४ किलो चामलको लागी टन्टलापुर घाममा लाइन थिए । खाने सामल सकिएर बेखर्ची हुँदै हिँडेरै घर जानेहरूको रिर्पाेटिङ मैले गरिरहेको छु । केही अन्नको लागि यसरी चर्को घाममा घण्टौँ लाइनमा बसेको दृश्य मेरा लागी नौलौ थिएन । धेरै दिन यता देख्दै आएको छु । कोरोनाले भन्दा पनि भोकले मरे भने उनीहरूको आत्माले झन् कति सराप्दो हो । त्यसै त सतीले सरापेको देश... ! उनीहरूको हालत देख्दा मन खिन्न भयो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीको नामको सम्बोधन सम्झिए । उनले भनेका थिए  ‘सरकार छ । कोही भोकै मर्दैन ।’ हो यस्तो बेलामा विश्वास गर्नुपर्छ । म यस्तै सोच्दै गन्तव्यतर्फ लागे ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि