बैशाख १५, २०८१, शनिबार
               

मोदीको अपिल विश्लेषणः आज अंकको विशेष संयोग, दियोबारे के भन्छ धर्मले ?

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) राति ९ बजे घरमा दियो, मैनबत्ती बाल्न सबै देशवासीलाई आग्रह गरेका छन् ।

बत्ती निभाएर मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बाल्न उनले सबैमा अनुरोध गरेका छन् । मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बलेको अवस्थामा कोही पनि घरबाहिर ननिस्कन र सोशल डिस्टेन्सिङको पालना गर्न मोदीले सबैमा आग्रह गरेका छन् ।

अन्धकारमय कोरोनालाई हराउनको लागि देशमा प्रकाश फैलाउन आवश्यक रहेको उनले बताए । मोदीले भनेका छन्, 'आइतबार हामी १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लिएर जानेछौं । आउनुहोस् सबै मिलेर (एकसाथ) कोरोनालाई हराऔं ।' 

मान्यता

मोदीको आह्वानको अलावा आज जुन तिथि तथा योग छ, यस समयमा घरमा दियो प्रज्वलन गर्ने परम्परा पहिलेदेखि नै कायम रहेको छ ।

आज दिनमा मदन द्वादशी तथा राति त्रयोदशी तिथि रहनेछ ।

दुवै तिथिमा सनातन परम्पराअनुसार घर-घरमा दियो बाल्दा शुभ हुने प्राचिन मान्यता छ ।

यसैबीच, मोदीको दियो बाल्ने अपिललाई कतिपयले विज्ञानसँग जोडेर हेरेका छन् भने कतिले मनोविज्ञानबाट विश्लेषण गरिरहेका छन् ।

पद्पश्री डा. केके अग्रवालले यसलाई योग वासिष्ठ ग्रन्थको सामूहिक चेतनाको सिद्धान्तमाथि आधारित रहेको बताएका छन् ।

डा. अग्रवालले योग वासिष्ठ ग्रन्थको सामूहिक चेतनाको सिद्धान्तलाई स्पष्ट पार्दै भने, 'जसरी एक प्रतिशत मानिसले सोच्छन्, त्यसै गरि ९९ प्रतिशत मानिसले पनि सोच्दछन् ।

यसकारण एकसाथ दीप बालेर प्राथना गर्दा मानिसमा एन्जाइटी तथा डिप्रेशन टाढा हुन्छ । मानिसमा उत्साह बढ्छ । र बिमारी (राेग) सँग लड्ने तागत पनि बढेर आउनेछ ।

डा. अग्रवालले भने, 'वेद अनुसार यदि पवित्र विचार र सफा मनले सामूहिक रुपमा विशेष प्रार्थना गरियो भने त्यसबाट निकै सकारात्मक प्रभाव मिल्ने गर्छ ।'

काशीस्थित सम्पूर्णनन्द विश्वविद्यालयका ज्यातिषाचार्य पण्डित गणेश मिश्रा र जयपुरका अंक ज्योतिषी डा. कुमार गणेशले पनि यसमा सहमति जनाएका छन् ।

ज्योतिषाचार्य प. गणेश मिश्राका अनुसार आइतबार राति ९ बजे त्रयोदशी तिथि रहनेछ । यसलाई विजय तिथि पनि भनिन्छ । 
यस तिथिमा कुनै खास कामना सहित गरएको काम पूरा हुन्छ (जित हुन्छ) भन्ने मान्यता छ । 

प. मिश्राका अनुसार, 'सारावली ग्रन्थ अनुसार राति ९ बजेको कुण्डलीमा चन्द्रमा तथा बुधको जप ध्यान समाधि योग बन्नेछ ।'

त्रयोदशी तिथिमा साँझ अथवा राति दीप प्रज्वलन गर्दा यमराजले उक्त घरमा रहने मानिसहरुलाई कष्ट नदिने प्राचिन मान्यता छ ।

स्कन्ध पुराणमा एक श्लोक छः

मृत्युना दण्डपाशाभ्याम कालेन श्यामाहा सहा !
त्रयोदश्यां दीपदानात सूर्यजः प्रयतां मम  !!

अर्थः त्रयोदशी तिथिमा दीप जलाएपछि यमराजलाई प्रणाम गर्नुपर्छ । यसो गर्दा यमराज प्रसन्न हुन्छन् र कष्ट दूर गर्छन् ।

अंक ज्योतिष

अंक ज्योतिषी डा. कुमार गणेशका अनुसार 'आज (आइतबार) ५ अप्रिल । आज अंकको विशेष संयोग बनेको छ ।' 

५ अंक बुधको कारक हो । अजको पूरा तारिख ५|४|२०२० लाई आपसमा जोड्ने हो भने १३ हुन्छ । यस अंकमा सूर्य र वृहस्पति दुवैको प्रभाव हुन्छ ।

सूर्य देशको राजाको कारक हो भने वृहस्पतिले चेतना तथा वुद्धिलाई प्रभावित गर्छ । यसकारण यस योगमा देशको राजा (राष्ट्रप्रमुख) को आग्रहमा सामूहिक चेतना तथा बुद्धिको प्रयोगका साथ दीप प्रज्वलन गर्नु निकै शुभ मानिन्छ । 

अंक ज्योतिषका अनुसार आइतबार सूर्यास्तपछि राहु हाबी हुनेछ । यस समयमा राहुको अशुभ असरबाट बच्नको लागि प्रकाश आवश्यक पर्छ र दीप जलाउँदा निकै शुभ हुन्छ ।

बुधको प्रभावबाट ५ दिन अर्थात १० अप्रिलसम्म देशका विभिन्न स्थानमा यस बिमारी (कोरोना भाइरस) बाट राहत मिल्ने सम्भावना प्रवल रहन्छ । 

१४ दिनपछि अर्थात १९ अप्रिलदेखि क्रमशः देशमा राम्रो स्थिति आउने छ । 

यसैगरी ५ अप्रिलबाट २३ दिनपछि अर्थात अप्रिल २८ देखि देशमा यस बिमारीको प्रभाव निकै कम हुने भविष्यवाणी गरिएको छ ।

यसैबीच, अंक १३ लाई जोड्दा ४ हुन्छ । जुन अंक राहुको अंक हो । र यस महिना (अप्रिल) को अंक पनि ४ हो ।

यो पनि