बैशाख १५, २०८१, शनिबार
               

भारतकी हिजाब बाइकर, बाबुलाई दिन्छिन् श्रेय

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

महिलाहरुले मोटरसाइकल वा स्कुटर चलाएर हिँडेको दृश्य त्यति नौलो होइन। तर, २२ वर्षीया रोशनी मिसबाह फरक छिन् । उनी हिजाब लगाएर बाइक कुदाउँछिन् । आफुलाई सानैदेखि बाइक कुदाउने बानी परेको उनी बताउँछिन् ।

रोशनीको परिवारले सुरुमा उनलाई बाइक कुदाउनबाट रोक्न धेरै प्रयत्‍न गर्‍यो । रुढीवादी मुस्लिम परिवारमा आफ्नै आफन्तबाट उनले विरोध सामना गरिन् । तर उनका बुबाले भने सानैदेखि छोरीको सौखमा ध्यान दिएका थिए । 

‘मेरा आफन्तले मेरो बुवालाई छोरीलाई मोटरसाइकल किन्नहुँदैन भनेर भन्थे । मोटरसाइकल केटीका लागि होइन भन्ने उनीहरुको मान्यता थियो । तर, वुवाले कसैको सुन्नुभएन र मलाई किन्न दिनुभयो । उहाँले सधै‌ मलाई साथ दिदैं आउनुभएको छ । ’

हरेक दिन बाटोमा मोटरसाइकल कुदाउँदा बाटोमा मान्छेहरु उनलाई देखेर छक्क पर्छन् । ‘मैले कहिले पनि अरुले के सोँच्छन् भन्ने ध्यान दिइँन । म हिजाब लगाएर बाइक चलाउँछु किनभने म मेरो इच्छा र धर्म दुवैलाई मान्छु ।’ उनी अहिले अरब इस्लामिक संस्कृतिबारे अध्ययन गरिरहेकी छिन् । 

धेरैले उनको यो सहासका तारिफ पनि गरेका छन् । ‘पहिले त मेरा कलेजका साथी पनि मैले हिजाब लगाएर बाइक चलाएको देख्दा दंग पर्थे,’ उनी भन्छिन्, ‘तर अहिले उनीहरु यसको तारिफ गर्छन् । मैले मेरा अन्य केटी साथीहरुलाई पनि बाइक चलाउन सिकाएकी छु ।’ 


कस्तो लाग्यो ?

यो पनि