बैशाख १४, २०८१, शुक्रबार
               

मंगलबार नेप्सेमा ११ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीका ११ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भएका छन् । मंगलबार दुई कम्पनीका कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता सेयर सूचीकृत भएका हुन् । 

आइसिएफसी फाइनान्सका नौ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस सेयर र स्पर्श लघुवित्तको एक लाख ८२ हजार आठ सय आठ दशमलव ९७ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।

मंगलबार सानिमा क्यापिटलको १२ करोड इकाइ सानिमा लार्ज क्याप  फण्ड सूचीकृत भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि