बैशाख १५, २०८१, शनिबार
               

आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाएको चीनको दावी

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

बेइजिङ्ची । नमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएको चीनले दावी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको दावी गरेका हुन् ।

 प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिए । तर, उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरेका छैनन् । 

सञ्चार माध्यमहरुमा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनिहरुले प्रयोग गरेको उल्लेख गरिएको उनले बताए । खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो ।

त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ । उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिए ।

 चिनियाँ खोप प्रयोग गरेका देशमा चिनियाँ खोप उपयुक्त भएको प्रतिक्रिया पाएको पनि उनले बताए । कतिपय देशहरूले चीनबाट खोप लैजानका लागि चार्टर विमान पनि पठाउने गरेको उनले जानकारी दिए ।

 कतिपय राष्ट्र तथा सरकार प्रमुखहरूले व्यक्तिगत रूपमा पनि चिनियाँ खोपको माग गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुन्निङले बताए । खोपको उपलब्धता र प्रभावकारीताका कारण अन्तर्राष्ट्रिय जगतमा चीनको प्रभाव फेरि बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि