बैशाख १५, २०८१, शनिबार
               

वाणिज्य बैंकद्धारा डेढ खर्ब ऋण लगानी

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । वाणिज्य बैंकले पुस मसान्तरसम्ममा ऋण लगानीमा ठूलो उपलब्धि गरेकोे छ । 

वाणिज्य बैंकहरूले एक महिनामा हालसम्मकै धेरै ऋण लगानी गरेका हुन् । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले यस अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरेका छन् । 

उक्त वृद्धिसँगै वाणिज्य बैंकहरूको कुल ऋण लगानी ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन ८८ अर्ब रुपैयाँले बढेको छ । मंसिर मसान्तमा ३६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर ३७ खर्ब ८२ अर्ब रुपैंयाँ पुगको हो ।

यो ऋण लगानी अनुसार बैंकहरुले एकैदिन करिब ६ अर्बको हाराहारीमा नयाँ ऋण प्रवाह गर्न थालेको देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि