बैशाख १४, २०८१, शुक्रबार
               

जितसँगै बार्सिलोना तेस्राे स्थानमा

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । २ खेल प्रतिबन्धमा परेका सुपर स्टार लिओनल मेस्सीबिना लगातार बार्सिलोनाले जित दर्ता गरेकाे हाे । 

अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे ।

मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस सुपर कपको फाइनलका दौरान मेस्सीले रातो कार्डको सामना गरेका थिए । आइतबार जित पछि बार्सिलोनाको ३७ अंक पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि