बैशाख १५, २०८१, शनिबार
               

राष्ट्रिय वाणिज्य बैंक,एनसिएचएल र आइएमई पेबीच सम्झौता,के-के छन् सुविधा ?

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक,  एनसिएचएल र आइएमइ डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पिएसपीमार्फत् संकलनका  लागि सम्झौता भएको हो ।

त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने जानकारी दिइएको छ ।आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले सरकारी कर तथा राजस्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

यो पनि