बैशाख १४, २०८१, शुक्रबार
               

सानिमा इक्विटी फण्डको एनएभी बढ्यो

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा इक्विटी फन्डको पुस मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य १६ रुपैयाँ ३६ पैसा कायम भएको छ । 

यस कम्पनीको मंसिर मसान्तरमा १ रुपैयाँ ४९ पैसा बढेर, न्याभ १४ रुपैयाँ ८७ पैसा थियो । 

फन्डको पुस सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सो फन्ड अघिल्लो महिनाको भन्दा १७ करोड ९ लाख १५ हजार रुपैयाँ बढी हो । 

यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको थियो । मंसिर सम्ममा ३२ करोड रुपैयाँ रहेको बैंक मौज्दात पुसमा भने घटेर २४ करोड रुपैयाँ पुगेको छ । 

यस अवधिमा फन्डले ७१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा लगानी गरेको छ । एनआइसी एसियाको १ लाख ३० हजार २२६ कित्ता सेयरमा ११ करोड ८७ लाख ६६ हजार रुपैयाँ लगानी गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि