बैशाख १५, २०८१, शनिबार
               

गोर्खाज फाइनान्सको खुद नाफा १७८ प्रतिशतले बृद्धि

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा १७८ प्रतिशतले बृद्धि  गरेको छ । 

यस कम्पनीले पुस मसान्तसम्ममा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सो अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हाल यस कम्पनीको चुक्तापूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । १४ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ, भने गत वर्ष यस्तो आम्दानी ४ करोड २० लाख रुपैयाँ थियो ।

यस फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि