बैशाख १५, २०८१, शनिबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज (बिहीबार) पनि वृद्धि भएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । 

हिजो (बुधबार) प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोवार भएको छ । 

तेजाबी सुन हिजो तोलामा ९२ हजारमा कारोवार भएको थियो ।  

यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । 

हिजो प्रतितोला एक हजार २६० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २७५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि