बैशाख १४, २०८१, शुक्रबार
               

रूपन्देहीमा जलाएर एक जनाको हत्या

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

रूपन्देहीमा एक जना पुरूषको शव फेला परेको छ । उक्त शव जलाएर खेतमा फालेको अवस्थामा फेला परेको हो ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा जलाएको अवस्थामा एक युवाको शव फेला परेको रूपन्देही प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ३५/४० वर्षका ती पुरूषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले खेतमा फेला परेको र शव आंशिक रुपमा जलेको सेतोपाटीलाई जानकारी दिए।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप समेत भेटिएको र शवको पहिचान भने हुन नसकेको पोखरेलले बताए। शव कसको हो र कसले किन हत्या गर्‍यो भन्ने अझैसम्म खुल्न नसकेको उनले बताए। सनाखतका लागि १ सय बढी स्थानीयलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न दोषीको पहिचानका लागि  नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ ।


कस्तो लाग्यो ?

यो पनि