बैशाख १४, २०८१, शुक्रबार
               

जाडोमा यस्ता खानेकुरा खाए दम रोगीलाई ठूलो लाभ

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

जाडो लागेसँगै दमका रोगीलाई निकै समस्या हुने गर्दछ । स्वासप्रश्वास सम्बन्धी रोग भएकाले चिसोमा दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ ।

दमको समस्या भएकाहरु विभिन्न औषधिको सहारा लिने गर्दछन् । आैषधिभन्दा पनि आफ्नो खानपानलाई सुधारेमा दमको समस्याबाट ठूलो लाभ   लिन सकिन्छ ।

यस्ता खानेकुरा खाए दम रोगीलाई लाभ
 

१. दम रोगीले एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिनको राम्रो स्रोत मानिने ताजा फलको सेवन गर्नु पर्दछ । किवी र सुन्तला लगायतमा अत्यधिक मात्रामा भिटामिन सी र इ पाइन्छ । यस प्रकारका फलले फोक्सो सुन्निने तथा पोल्ने पनि कम हुन्छ ।

२. दमका रोगीहरुकालागि ताजा र हरियो पत्तेदार सागसब्जी समेत लाभदायक हुन्छ । यसमा हुने भिटामिन्स र फ्लेवोनाइड्सले शरीरमा मुक्त कणहरुलाई नष्ट गरिदिन्छ । यी मुक्त कण शरीरमा पाइने टक्सिस हुन्छन् जसले दमलाई अझै बढाउन सक्छ ।

३. दमका बिरामीलाई ड्राइ फुड्स उपायोगी हुन्छ । यसमा हुने म्याग्नेसियम र भिटामिनले फाइदा पुर्याउँछ । म्याग्नेसियमले दममा हुने घ्यारघ्यार कम गर्दछ भने भिटामिन ईले इम्युनिटी बढाउँछ ।

४. दमका निम्ति क्यालोरी र फ्याट कम भएको दालहरु लाभदायक हुन्छ । दालमा उच्च परिमाणमा फाइबर पाइन्छ जसले शरीरमा लिपिड्स र कोलस्ट्रोललाई कम गर्दछ । यसले श्वासप्रश्वासमा एलर्जी पैदा गर्ने बाहिरी कणहरुलाई रोक्छ ।

५. सर्दिनेस, साल्मोन र टुना जस्ता माछामा तथा विरुवाहरुमा पाइने केही पदार्थ जस्तै जैतुन र आलसको बिजमा ओमेगा ३ फ्याटी एसिड रहेको हुन्छ । यसलाई आफ्नो खानामा समावेश गरे दम रोगमा लाभ मिल्दछ ।


कस्तो लाग्यो ?

यो पनि