बैशाख १४, २०८१, शुक्रबार
               

जो बाइडेनद्वारा राष्ट्रपति पदको सपथ ग्रहण

एजेन्सी
माघ ०७, २०७७

ADVERTISEMENT

जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए ।

कमला ह्यारिसले जो बाइडेनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला हुन् ।

उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् ।

जमैकन बाबु र भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी-अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एसियाली-अमेरिकी मुलकी समेत पहिलो उपराष्ट्रपति हुन् । 

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागीता जनाएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन् ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन् ।

डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै "आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन् ।"

 


कस्तो लाग्यो ?

यो पनि