बैशाख १३, २०८१, बिहीबार
               

भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी

एजेन्सी
माघ ०७, २०७७

ADVERTISEMENT

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका थुप्रै निर्णयहरु उल्ट्याउन चाहेका छन् ।

सपथ ग्रहणको दिन नै बाइडेन ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने तयारीमा छन् । 

मेक्सिको अमेरिकाको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र इस्लामिक देशका नागरिकमाथि लगाइएको भ्रमण प्रतिबन्ध हटाउने बाइडेनको तयारी छ । 

अमेरिकी समयअनुसार उनले बुधबार दिउँसो सपथ लिनेछन् ।

यसअघि डोनाल्ड ट्रम्पले सीमा क्षेत्रमा पर्खाल निर्माण कार्यलाई प्राथमिकतामा राखेका थिए । 

यसैबीच १३ वटा देशका नागरिकको भ्रमण (भिसा प्रक्रिया) लाई सामान्य अवस्थामा फर्काउने काम पनि बाइडेनले गर्नेछन्, यी देशहरुमध्ये अधिकांश इस्लामिक बाहुल्य देश छन् । 

राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि बाइडेनले अघि सारेका  जेक सुल्लिभानका अनुसार, बाइडेनले ‘डिफेरेड एक्सन फर चाइल्डहुट अराइभल्स (डिएसिए) कार्यक्रमलाई पनि बिस्तार गर्दैछन् र दस्तावेज नभएका आप्रवासीहरुलाई पनि जनगणनामा समावेश गर्ने सुनिश्चित गर्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि