बैशाख २०, २०८१, बिहीबार
               

अनि सुरु गरिन् सांसद शान्ताले ब्युटी पार्लर व्यवसाय

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सांसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छिन् ।

राजनीति पेशा नभई सेवा भएको भन्दै उनले फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन् ।

नेकपाकी सांसद शान्ताले कोटेश्वरमा 'स्मार्ट जोन फिटनेस सेन्टर तथा व्यूटी पार्लर' व्यवसाय सञ्चालन गरेको बताएकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, 'राजनीति पेशा होईन सेवा हो । हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु । त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु ।'

प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले दुई वर्षअघि (३८ वर्षको उमेरमा) माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेकी थिइन् । १८ वर्ष कमलहरी बसेर पढ्न नपाएकी सांसद चौधरीले दुई वर्षअघि एसइई परीक्षा दिएकी थिइन् । 

दाङको घोराही उपमहानगरपालिका-४ लक्ष्मीपुर निवासी सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । 

शान्ताको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक चर्चित छ । 


कस्तो लाग्यो ?

यो पनि