बैशाख २६, २०८१, बुधबार
               

महिला फुटबल लिग : पहिलो खेल गोलरहित बराबरीमा रोकियो

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारीपछि सुरु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् । यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छिन् । उनले यु–१९ महिला फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।

विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालन हुँदै छ । प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि