बैशाख १४, २०८१, शुक्रबार
               

सवारी दुर्घटनामा परी पाँचकाे मृत्यु,  २० जना घाइते

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज सिन्धुली, डडेल्धुरा र सुनसरीमा भएकाे दुर्घटनामा परी ५ जनाकाे ज्यान गएकाे छ । साथै उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हाे । साथै १० घाइते भएका छन् ।  दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

यता सिन्धुलीकाे यहाँको तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो आज दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । दुधौली नगरपालिका–४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

साथै डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्रयाक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि