बैशाख २६, २०८१, बुधबार
               

एकैदिन ४ लाखभन्दा बढी कोरोना संक्रमणबाट मुक्त

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  गत २४ घण्टामा कोरोनाबाट ४ लाखभन्दा बढी निको भएका छन् । यस्तै,  संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् ।

सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार १६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै, हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका हुन। कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।


कस्तो लाग्यो ?

यो पनि