काठमाडौं । आज पुस २७ गते राष्ट्रिय एकता दिवस अर्थात् २९९औँ पृथ्वीजयन्ती दिवस । राष्ट्रिय एकता दिवस मूल समारोह समितिले विभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।हरेक वर्ष पुस २७मा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरी सम्मानस्वरुप यो दिवस मनाइन्छ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक हुन् । जसको अथक मिहिनेतका कारण टुक्रटुक्रामा अवस्थित विभिन्न राज्य एकीकरण भई आज विशाल नेपाल बनेको छ ।
उनले उनले तत्कालीन समयमा बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । विगत हेर्दा २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन सुरु गरिएको पाइन्छ ।
तर, २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिए पनि नागरिकस्तरको दबाबका कारण पुन: राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।