बैशाख १४, २०८१, शुक्रबार
               

एउटा त्यस्तोे रेष्टुरेन्ट, जहाँ सहिद परिवारले पैसा दिनुपर्दैन

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

हिमाञ्चल प्रदेशको एउटा होटल आजकाल निकै चर्चित छ । गोपाल होटल एण्ड रेष्टुरेन्ट नामक यो रेष्टुरेन्टमा सहिदको परिवारले निःशुल्क खाना खान पाउँछन् ।

रेष्टुरेन्टमा उपलब्ध सबै खानेकुरालाई सहिदको परिवारसँग एक रुपैयाँ नतिरी खान पाउनेछन् । यदि उक्त रेष्टुरेन्टमा आराम साथ बस्न चाहन्छन् भने पनि यसका लागि उनीहरुले रकम तिर्नुपर्दैन ।

यसका साथै यो रेष्टुरेन्टमा सैनिक र उनका परिवारलाई हरेक खानेकुरामा ५० प्रतिशत छुट दिइएको छ ।

होटलको यस्तो अफरलाई धेरै मानिसहरुले नाम कमाउनका लागि यस्तो गरेको बताएका छन् । तर होटल मालिकले भने आफूले यस्तो गर्नुका पछाडि अर्कै उद्देश्य भएको बताए । उनले भने, ‘सैनिक र उनको परिवारलाई हौसला प्रदान गर्नका निमित्त हामीले यो अफर ल्याएका हौं ।’

छुट पाउनका लागि यसो गर्नुपर्ने
सैनिक पोसाकमा आएकालाई खानामा पूरा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पोसाक बिना नै आउनेलाई २५ प्रतिशत छुट दिइएको छ । होटलको तर्फबाट दिइएको यो अफर आजकाल निकै चर्चित बनेको छ । सैनिकलाई सम्मानस्वरुप दिइएको यो छुटको अफर पहिलो हो ।


कस्तो लाग्यो ?

यो पनि