चैत १६, २०८०, शुक्रबार
               

आजको मौसम : काठमाडौंमा बिहानैदेखि वर्षा

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंमा आज (सोमबार) चिसोको कहरसँगै बिहानैदेखि वर्षा सुरु भएको छ । उज्यालो नहुँदै राजधानीका विभिन्न स्थानमा छिटफुट वर्षा भएको हो ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

साथै, राति पनि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महासाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि