बैशाख १५, २०८१, शनिबार
               

आजको मौसम : केही स्थानमा वर्षा र हिमपात

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका अधिकांश क्षेत्रमा चिसो बढेर जनजिवन कष्टकर बनेको छ ।

त्यस्तै, दिउँसो पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक(द–ई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छभने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि