बैशाख २२, २०८१, शनिबार
               

थप उपचारको लागि राप्रपा नेता राजेन्द्र लिङदेनलाई काठमाडौं ल्याइँदै

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ।

निमोनिया भएपछि उपचारका लागि झापाकै अस्पतालमा भर्ना गरिएका लिङदेनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई लिन सेनाको स्काइ ट्रक झापातर्फ उडेको छ ।

राप्रपाका नेता मोहन श्रेष्ठले लिनदेङको थप उपचार ललितपुर नख्खुस्थित मेडिसिटीमा हुने जानकारी दिए ।

उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । 

उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

मंसिर २० गते उनकै नेतृत्वमा झापामा राजतन्त्र पुनर्स्थापनको मागसहित प्रदर्शन भएको थियो। 

मंसिर २० गते उनलाई खोकी लागेको र भोलिपल्ट (२१ गते) ज्वरो समेत आएपछि कञ्चनजंगा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई हिजो (बुधबार) विर्तामोडस्थित बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । आइसियूमा उनको उपचार भइरहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि