बैशाख १४, २०८१, शुक्रबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले उकालो लागेको छ । 

बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भई ९२ हजार ६०० रुपैयाँमा कारोवार भएको छ । 

बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० रुपैयँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   

बुधबार प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० रुपैयाँमा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ । 

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । 

बुधबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २०५ रुपैयाँमा खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि