बैशाख १५, २०८१, शनिबार
               

नेप्से २०४८.३६ विन्दुमा (१२ बजेको अपडेट)

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको पहिलो घण्टामा आज (बुधवार) नेप्से परिसूचक ४७.९६ अंकले बढेर २ हजार ०४८.३६ विन्दुमा पुगेको छ । 

२ हजार ०१६.८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.४० प्रतिशतले बढेको छ ।

कारोबारको पहिलो घण्टामा ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीहरुमा नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेण्ट, अपर तामाकोशी हाइड्रोपावर, नेको इन्स्योरेन्स र साञ्जेन जलविद्युत रहेका छन् । 

खुलेको केहि घण्टाको अवधिमा १८५ ओटा कम्पनीको १ अर्ब ५६ करोड १० लाख बराबरको २५ लाख ६२ हजार ६३८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ११ हजार ७६६ पटकको व्यापारमा भएको हो ।

उक्त कारोबारमा १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक घटेका छन् भने बाँकी व्यापार, होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढेको हो । अन्य समूहको परिसूचक सबैभन्दा बढी ८.०३ प्रतिशतले बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २० करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार २९२ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि