बैशाख १४, २०८१, शुक्रबार
               

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले मेस्सीलाई दियो आराम

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ । 

यी खेलाडीलाई प्रमुख प्रशिक्षक रोनाल्ड कोमानले नखेलाउने निर्णय गरेका हुन् । समूह छ मा रहेको बार्सिलोनाले चार वटा खेल जित्दै च्याम्पियन्स लिगको अन्तिम १६ का लागि यसअघि छनौट भइसकेको छ । 

अघिल्लो चरणको डाइनामो किभ विरुद्धको खेलमा पनि मेस्सीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो । समूहमा बार्सिलोनाले युभेन्टसभन्दा तीन अंकले अग्रता बनाएको छ ।

बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदै छ । बुधबारको खेलमा चोटका कारण अरु पनि खेलाडी अनुपस्थित हुनेछन् । क्लबका अनुसार जेरार्ड पिके, आन्सु फाती, सेर्गी रोबर्टो र सामुएल अम्टिटी चोटग्रस्त छन् । 

यो पनि