बैशाख १४, २०८१, शुक्रबार
               

माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर भोलि बाँडफाँड हुने

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) भोलि (बुधबार) बाँडफाँड हुँदैछ । आइतबार प्रि अलोटमेन्ट सम्पन्न भएको उक्त आइपिओको बाँडफाँड बुधबार बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार काठमाडौंमा हुनेछ ।

कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.६१ गुणा धेरै हो । ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । 

गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले शेयर पाउने छन् भने, बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकले अपाउने भएका छन् । यस, कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियो । 

जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरूका लागि निष्कासन गरेको हो ।

यो पनि