बैशाख १५, २०८१, शनिबार
               

तेस्रो घण्टामा २.९५ अंकले बढ्यो शेयर बजार

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २.९५ अंकले बढेको छ । खरिदबिक्रीमा आकर्षक माहोल जारी रहँदा नेप्से सूचक पनि विस्तारै वृद्धिकै बाटो फर्किएको छ 

कारोबार सुरु भएदेखि नै परिसूचकमा उतारचढाव आइरहेको तेस्रो घण्टामा ०.१५ प्रतिशतले बढेर २ हजार विन्दुमा पुगेको छ । तेस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको ५ अर्ब ४३ करोड ३८ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबार गरेका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन,  निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

जसले गर्दा अन्य समूहको परिसूचकमा सबैभन्दा बढी ६.३४ प्रतिशतले बढेको हो । बजारमा बिक्रीमा आएका सेयर किन्नेहरु पर्याप्त भएकाले बजार अझै बलियो बन्दै गएको कतिपयको  भनाई छ ।

त्यस्तैगरी, कारोबारको तेस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य ३५७ कायम भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९.७० प्रतिशतले बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ५९५ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि